इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जितलाई निरन्तरता दिएको छ। लिभरपुलले शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गर्यो।
लिभरपुलको जितमा साडियो मानेले खेलको ४९ मिनेट र रोबर्टो फिर्मिनोले ८५ मिनेटमा गोल गरेका थिए।
त्यसअघि प्यालेसका जाहाले ८२ मिनेटमा बराबरी गोल गरेका थिए।
लिगको अर्को खेलमा पूर्व विजेता लेस्टर सिटीले ब्रिङ्टनलाई २-० गोलले पराजित गरेको छ।
लिगको शीर्ष स्थानको लिभरपुलको १३ खेलबाट ३७ अंक छ। दोस्रो स्थानको लेस्टरको २९ अंक र तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको २८ अंक छ।
चेल्सी २६ अंकसहित चौथो स्थानमा रहदा पाँचौ स्थानको वुल्भ्सको १९ अंक र छैटौं स्थानको वर्नलको १८ अंक छ।