शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ।
ब्राइटनलाई लिभरपुलले २-१ गोलले पराजित गरेको हो।
लिभरपुलको जितमा दुबै गोल भर्जिल भान डिजेकले गरे। उनले खेलको १८ तथा २४ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।
ब्राइटनले ७९ औं मिनेटमा गोल फर्काएको थियो। उसका लागि सो गोल लुइस डंकले गरे।
हिजोको खेलमा लिभरपुलका गोलरक्षकले ७६ औँ मिनेटमा सिधै रातो कार्ड पाएर मैदान बाहिर जानुपरेको थियो।
जितपछि लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ४० अंक भएको छ।