इङ्लिश प्रिमियर लिग अन्तरगत मंगलबार भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि फराकिलो जित निकालेको छ।
सिटीले बर्नलीमाथि ४-१ को फराकिलो जित दर्ता गरेको हो।
म्यानचेस्टर सिटीको यस जितमा गाब्रियल जिससले दुई तथा रोड्री र रियादले १-१ गोल गरे। सिटीले २४ औं मिनेटमा जिससको गोलमा अग्रता लिएको थियो।
पहिलो हाफ १-० को नतिजामा सकिएको खेलमा जिससले ५० औं मिनेटमा पुनः गोल गर्दै म्यानचेस्टर सिटीको अग्रतालाई दोब्बर पारेका थिए। त्यसपछि रोड्री र रियादले खेलको ६८ र ८७ मिनेटमा गोल गरे।
बर्नलीले खेलको ८९ मिनेटमा एक गोल फर्कायो। सो गोल ब्राडीले गरेका हुन्।
जितपछि १५ खेलबाट ३२ अंक जोडेको म्यानचेस्टर सिटी लिगको दोश्रो स्थानमा पुगेको छ।