च्याम्पियन्स लिग अन्तरगतको समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर सिटीले डिनामो जाग्रेबलाई ४–१ ले पराजित गरेको छ।
सिटीको जितमा गाब्रियल जिससले ह्याट्रिक गरे।
समूह 'सि' अन्तरगत भएको यस खेलमा अग्रता भने डिनामो जाग्रेबले लिएको थियो। खेलको १० औँ मिनेटमा ड्यानी ओल्मोको गोलबाट डिनामो जाग्रेबले अग्रता लिएको थियो।
उसको सो अग्रतालाई म्यानचेस्टर सिटीले खेलको ३४ औं मिनेटमा बराबरी गर्यो। सो गोल जिससले गरे।
यसरी पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा सिटीले ३ गोल खेलको दोश्रो हाफमा गर्यो। जिससले खेलको ५० तथा ५४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै ८४ औ मिनेटमा टोलीका लागि फिल फोडिनले गोल गरे।
जितसँगै सिटी १४ अंकसहित समूह विजेता बनेको छ।