फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जारी च्याम्पियन्स लिगमा समूह चरण अपराजित हुँदै टुङ्ग्याएको छ।
समूह चरणका पाँच खेलमा पिएसजी पाँचै खेलमा अपराजित बन्यो।
समूह 'ए' अन्तरगत भएको अन्तिम खेलमा पिएसजीले गालाटासारेमाथि ५-० को विशाल जित हात पार्दै समूह चरण अपराजित हुँदै टुङ्ग्याएको हो।
पिएसजीको यस जितमा माउरो इकार्डीले खेलको ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
३५ औं मिनेटमा सो अग्रता पाब्लो साराबिएले गोल गरेपछि दोब्बर भयो।
त्यसपछि खेलको दोश्रो हाफमा नेइमारले गोल गर्दै टोलीको अग्रतालाई ३-० बनाए। नेइमारले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए। त्यसपछि टोलीका लागि चौथो गोल एम्बाप्पेले खेलको ६३ औं मिनेटमा नेइमारको पासमा गरे।
यसरी ४-० ले पछि परेको गालाटासारे विरुद्ध पिएसजीले पेनाल्टीमार्फत खेलको ८४ औं मिनेटमा गोल गर्यो। यो गोल एडिन्सन काभानीले गरे।
५-० को यस जितसँगै पिएसजी १६ अंक जोडेर समूग विजेता बनेको छ।