नेपालको निलो र लिग च्याम्पियन मनाङ मस्याङ्दी क्लबले जापानिज फुटबल लिगमा खेल्ने यु–२२ टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल निलो र जापानिज टिमबीच ३ बजे शुक्रबार खेल हुनेछ।
नेपाली टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी हुने एन्फाको भनाइ छ।
यस्तै मनाङ र जापानिज टिमबीच आगामी आइतबार दिउँसो १२ बजे खेल हुनेछ।
दुवै खेल दशरथ रंगशालामा हुनेछ।