नेइमारको दुई गोलका बाबजुद पनि पेरिस सेन्ट जर्मेन(पिएसजी) फ्रेन्च लिगमा मोनाकोसँग बराबरीमा रोकिएको छ।
आइतबार भएको खेलको पिएसजी र मोनाको ३-३ को बराबरीमा रोकिएका हुन्।
टोलीका लागि दुई गोल गरेका नेइमारले खेलको तेश्रो मिनेटमा गोल गर्दै सुखद सुरुवात दिलाएका थिए। तर यो अग्रता धेरैबेर भने टिकेन। मोनाकोका लागि ७ औं मिनेटमा गेलसन मार्टिन्सले गोल गर्दै बराबरी गरे।
त्यसपछि १३ औं मिनेटमा मोनाकोका बेन येड्डरले गोल गरे र मोनाकोले २-१ को अग्रता लियो।
उसको यो अग्रता खेलको २४ औं मिनेटमा आत्मघाती गोलका कारण ३-२ ले पिएसजीको पक्षमा पुग्यो। सो आत्मघाती गोल बालो–तोउरीले गरेका हुन्।
यसरी पहिलो हाफको समाप्तीमा ३-१ ले पछि परेको मोनाकोका लागि खेलको ७० औं मिनेटमा स्लिमानीले गोल गरे र टोलीलाई हारबाट जोगाए।
बराबरीपछि फ्रेन्ड लिगको शीर्ष स्थानमा रहेको पिएसजीको १९ खेलबाट ४६ अंक छ भने आठौं स्थानमा रहेको मोनाकोको २९ अंक छ।