सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
एनआरटीले सोमबार दशरथ रंगशालामा भएको खेलमा पुलिसमाथि १-० को जित हात पारेको हो।
एनआरटीको जितमा दर्शन गुरुङले गरेको गोल निर्णायक बन्यो।
उनले ७६ मिनेटमा राजेश परियारले दिएको पासमा डिबक्सबाट गोल गरे।
जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लियो।
एनआरटीले ६ खेलबाट ८ अंक जोडेको छ।
८ अंक नै जोडेको पुलिस गोलअन्तरमा पछि पर्दै सातौं स्थानमा झरेको छ।