सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्।
दशरथ रंगशालामा सोमबार भएको खेलमा दुवै टिमले पाएका अवसर सदुपयोग गर्न सकेनन्।
१५ मिनेटमा एपिएफका नवीन लामाको हेडरलाई च्यासलका गोलकिपर एलन न्यौपानेले विफल पारे।
२२ मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलको हेडरले पनि गोलपोस्टको दिशा लिन सकेन।
५४ मिनेटमा एपिएफका राजीव लोप्चनको प्रहारलाई पनि च्यासलका एलन बाधक बने।
लिगमा च्यासल ६ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दशौं स्थानमा छ। ५ अंक जोडेको एपिएफ एघारौं स्थानमा छ।