स्पेनिस महारथी क्लब बार्सिलोनाले इर्नेस्टो भाल्भेर्डेलाई प्रशिक्षकबाट बर्खास्त गरेको छ। बार्सिलोनाले उनको स्थानमा क्येइक्यु सेटिनलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन्।
५५ वर्षीया भाल्भेर्डेले बार्सिलोनालाई लगातार दुई सिजन लिग लिगाको उपाधि जिताएका थिए। यो सिजन पनि बार्सिलोना लिगको शीर्ष स्थानमा छ।
तर पछिल्ला खेलमा बार्सिलोनाले कमजोर खेल प्रदर्शन गरेको भन्दै आलोचना भइरहेको थियो। च्याम्पियन्स लिगका दुई सिजनमा पनि बार्सिलोनाले सोचेको जस्तो खेल्न सकेन।
भाल्भार्डेको स्थान लिन लागेका ६१ वर्षीय सेटिनले गत मेमा बेटिस छाडेका थिए।