फ्रेन्च लिग वान अन्तरगत मंगलबार भएको खेलमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले ८ अंकको अन्तर बनाएको छ।
मोनाकोलाई ४-१ ले पराजित गरेपछि पिएसजीले जारी लिगमा दोश्रो स्थानमा रहेको मार्सेलीसँग ८ अंकको दुरी बनाएको हो।
समान २०-२० खेलको समाप्तीमा पिएसजीले ४९ अंक जोडेको छ भने मार्सेलीले ४१ अंक छ।
पिएसजीको यस जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने नेइमार र पाव्लो सारावियाले १-१ गोल गरे।
खेलमा पहिलो गोल एम्बाप्पेले २४ औं मिनेटमा गरेका थिए भने दोश्रो गोल नेइमारले पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा पेनाल्टीमार्फत गरेका थिए।
यसैगरी साराबियाले ७२ औं मिनेटमा टोलीका लागि तेश्रो गोल गरे भने चौथो गोल एम्बाप्पेले अतिरिक्त समयको पहिलो मिनेटमा गरे।
यस्तै मोनाकोले ८७ औं मिनेटमा एक गोल फर्काएको थियो। उसका लागि सो गोल बाकायोकोले गरेका हुन्।
मोनाको लिगको नवौं स्थानमा रहेको छ।