रियल मड्रिड जारी स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुगेको छ।
शनिबार भएको खेलमा सेभिल्लालाई २-१ ले पराजित गरेपछि ऊ लिगको शीर्ष स्थानमा पुगेको हो।
जितसँगै उसले लिगमा साविकको विजेता बार्सिलोनासँग ३ अंकको स्पष्ट दुरी कायम गरेको छ।
रियलको जितमा ब्राजिलियन मिडफिल्डर कासिमिरोले दुई गोल गरे।
रियललाई जित दिलाउने क्रममा कासिमिरोले पहिलो गोल खेलको ५७ औं मिनेटमा गरेका थिए भने दोश्रो गोल ६९ औं मिनेटमा गोल गरेका थिए।
कासिमिरोले दोश्रो गोल गर्नु अघि सेभिल्लाले ६४ औं मिनेटमा डि जोङको गोलमा बराबरी गरेको थियो।
जितपछि लिगमा २० खेलबाट रियल मड्रिडले ४३ अंक जोडेको छ भने एक खेल कम खेलेको बार्सिलोनाको ४० अंक छ।
यसैगरी पराजित सेभिल्ला ३५ सहित लिगको चौथो स्थानमा छ भने गोल अन्तरका कारण समान अंकसहित एथ्लेटिको मड्रिड लिगको तेश्रो स्थानमा छ।
हिजै सम्पन्न खेलेमा एथ्लेटिको एइबरसँग २-० ले पराजित भएको छ।