सहिद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले दोस्रो जित निकालेको छ।
फ्रेण्ड्सले आइतबार भएको खेलमा सरस्वती युवा क्लबलाई ४-१ ले हरायो।
फ्रेण्ड्सका लागि उत्तम राईले २ गोल गरे। उनले खेलको पाँचौ र ८६ मिनेटमा गोल गरेका हुन्।
फ्रेण्ड्सका लागि थप गोल साउलो डे अक्युनोले २४ र वाग्नर डे कर्मोले ७० मिनेटमा गरे।
सरस्वतीका काजिम अडिगोके बुसारीले ८० मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो।
फ्रेण्ड्सका लिगमा ७ खेलबाट ८ अंक जोड्दै नवौ स्थानमा छ।
पुछारको सरस्वतीको १ अंक मात्र छ।