स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार १० खेलाडीमा सिमित भएको ग्रानाडामाथि १-० को जित निकालेपछि बार्सा पुनः लिगको शीर्ष स्थानमा फर्किएको हो।
नयाँ प्रशिक्षक किके शतिएनको प्रशिक्षकत्वमा पहिलोपटक मैदानमा उत्रेको बार्सालाई लियोनेल मेसीले खेलको ७६ औं मिनेटमा निर्णायक गोल गर्दै जिताएका हुन्।
खेलको ६९ औँ मिनेटमा सान्चेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेपछि ग्रानाडा १० खेलाडीमा सीमित भएको थियो।
जितपछि लिगको पहिलो स्थानमा उक्लिएको बार्सिलोनाको २० खेलबाट ४३ अंक छ भने दोश्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान २० अंक छ। गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा पुगेको हो।