रोमालाई पराजित गर्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ।
बुधबार भएको खेलमा रोमालाई ३-१ ले पराजित गर्दै युभेन्टस सेमिफाइनलमा पुगेको हो।
उसको जितमा क्रिश्चियानो रोनाल्डो, बेन्टानकुर र बोनुचीले गोल गरे।
टोलीलाई पहिलो अग्रता रोनाल्डोले खेलको २६ औं मिनेटमा दिलाएका थिए। त्यसपछि खेलको ३८ औं मिनेटमा बेन्टाकुरले टोलीका लागि दोश्रो गरे।
यसैगरी तेश्रो गोल पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा बोनुचीले गरे।
पराजित रोमाले खेलको ५० औं मिनेटमा एक गोल आत्मघाती गोलका रुपमा उपहार पायो। ५० औं मिनेटमा बुफोनले सो आत्मघाती गोल गरेका हुन्।
सेमिफाइनलमा युभेन्टसको भेट एसी मिलान र तोरिनोबीचको खेलको विजेतासँग हुनेछ।