इङ्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फेरी एकपटक खराब प्रदर्शन गरेको छ।
बुधबार राती भएको खेलमा लिगको पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड १३ औं स्थानमा रहेको बर्नलीसँग २-०ले पराजित भएको छ।
पराजित भएपछि युनाइटेडका फ्यानहरुले क्लबलाई ठट्टामा समेत उडाए।
मार्सक रासफोर्डबिना मैदानमा उत्रेको म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्ने क्रममा बर्नलीले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो।
क्रस वुडको गोलमा अग्रता लिएको बर्नलीले दोश्रो गोल भने खेलको ५६ औं मिनेटमा गर्यो। उसका लागि सो गोल जे रोड्रग्वेजले गरेका थिए।
हारपछि म्यानचेस्टर युनाइटेड ३४ अंकसहित लिगको पाँचौ स्थानमा छ भने बर्नली ३० अंकसहित लिगको १३ औं स्थानमा रहेको छ।