इङ्लिश प्रिमियर लिग अन्तरगत बुधबार भएको खेलमा टोटनह्याम विजयी भएको छ।
यस वर्षको पहिलो जित दर्ता गर्ने क्रममा उसले लिगको पुछारमा रहेको नर्विच सिटीलाई २-१ ले पराजित गरेको हो।
टोटनह्यामको जितमा डेल अली र सन हेङ मिनले गोल गरेका थिए। यस्तै पराजित नर्विचका लागि पुकीले पेनाल्टीमार्फत खेलको ७० औं मिनेटमा एक गोल फर्काएका थिए।
त्यसअघि खेलको ३८ औं मिनेटमा अलीले टोटनह्यामका लागि पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
टोलीका मिनले दोश्रो गोल खेलको ७९ औं मिनेटमा गरे।
जितपछि टोटनहमले २४ खेलबाट ३४ अंक जोडेको छ। ऊ लिगको छैटौं स्थानमा उक्लेको छ। यस्ते पराजित नर्विचको १७ अंक छ।