सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले चौथो जित निकालेको छ।
थ्रीस्टारले बिहीबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-१ गोलले पराजित गर्यो।
थ्रीस्टारले छैटौं मिनेटमा सुशील राईको गोलबाट अग्रता लियो।
पहिलो हाफको इन्जुरी मिनेटको दोस्रो मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो। उसका लागि स्टेफिन समिरले गोल गरे।
तर एक मिनेट पछि नै थ्रीस्टारले अग्रता लिन सफल भयो।
थ्रीस्टारका लागि सन्जोग राई इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि पहिलो हाफको खेल २-१ मा टुंगियो।
५० मिनेटमा थ्रीस्टारका लागि वासिउ हाजमतले तेस्रो गोल गरेका थिए।
जितपछि थ्रीस्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। थ्रीस्टारले ८ खेलबाट १४ अंक जोडेको छ।
शीर्ष स्थानको त्रिभुवन आर्मीको ७ खेलबाट १६ अंक र मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ।
एघारौं स्थानको शेर्पाको ८ खेलबाट ७ अंक छ।