सहिद स्मारक ए डिभिजन लिगमा १० खेलाडीमा सीमित जावलाखेल युथ क्लबले तेस्रो जित हात पारेको छ।
जावलाखेलले बिहीबार दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १-० गोलले पराजित गरेको हो।
जावलाखेलको जितमा फोडे फोफोनाले निर्णायक गोल गरे। उनले खेलको ७१ मिनेटमा वान टचमा गोल गरेका थिए।
त्यसअघि जावलाखेल खेलको ५७ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो।
जावलाखेलका टेकेन्द्र थापा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
उनले डिबक्स बाहिर ह्यान्ड गरेका थिए। त्यसपछि एपिएफले राम्रो स्थानमा फ्रिकिक पाएको एपिएफले गोल गर्न भने सकेन।
जितसँगै जावलाखेल ८ खेलबाट १२ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
एपिएफ ११ अंक जोडेर सातौं स्थानमा छ।