लिभरपुल ३० वर्षपछि लिग उपाधिको नजिक पुगेको छ।
जारी सिजनमा लगातार उत्कृष्ट प्रदर्शन गर्दे आएको लिभरपुलले बिहीबार भएको खेल पनि जितेपछि ऊ उपाधिको झन नजिक पुगेको हो।
जारी सिजनमा २३ खेल खेलेको उसले २२ मा जित हात पारेको छ।
यही अनुपातमा सबै क्लबले अकं हासिल गर्दै जाने हो भने सिजनको ३० भिडन्त जुन मार्च १४ मा छिमेकी प्रतिद्वन्द्वी इर्भटनसँगको भिडन्तमा लिग जितिसक्नेछ।
इङ्लिश प्रिमियर लिग अन्तरगत बिहीबार भएको खेलमा लिभरपुलले उल्भ्सलाई पराजित गरेको छ। उल्भ्सलाई उसले २-१ गोल अन्तरले पराजित गरेको हो।
हिजो भएको खेलमा उल्भ्सलाई पराजित गर्ने क्रममा लिभरपुलले खेलको आठौं मिनेटमा अग्रता लिएको थियो। उसका लागि सो गोल हेन्डर्सनले गरे।
त्यसपछि उल्भ्सले दोश्रो हाफमा गोल फर्काउँदै बराबरी गर्यो। गसका लागि सो बराबरी गोल खेलको ५२ औं मिनेटमा जिमेनेजले फर्काएका थिए।
यसरी १-१ को बराबरीमा पुगेको खेलमा रोबर्टो फिरमिनोले खेलको ८४ औं मिनेटमा गोल गरे र नतिजा लिभरपुलको पक्षमा गयो।
जितपछि लिग उपाधि उन्मुख लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ। उसले आफू भन्दा एक खेल बढी खेलेको म्यानचेस्टर सिटीसँग १६ अंकको दुरी बनाएको छ। सिटीको ५१ अंक छ।