आगामी बुधबार र बिहीबार नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।
बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ।
मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन्।
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ, जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तिमा ३ खेल खेल्नेछन्।
दुईदिने यो प्रतियोगिताको विजेताले नगद ५० हजार, दोस्रोले नगद २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।