पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा आइतबार भएको खेलमा लियोनमाथि ४-२ को जित हात पारेको छ।
जितसँगै जारी लिगको शिर्ष स्थानमा रहेको पिएसजीले दोश्रो स्थानको मार्सेलीसँग १२ अंकको दुरी बनाएको छ।
पिएसजीको जितमा डि मारिया, किलियन एमबाप्पे र कभानीले गोल गरेका थिए। उनीहरुले क्रमशः खेलको २२, ३८, र ७९ औं मिनेटमा गोल गरेका हुन्। एक गोल उसलाई खेलको ४७ औं मिनेटमा आत्मघाती गोलका रुपमा उपहार प्राप्त भएको थियो। सो आत्मघाती गोल लियोनका मार्कल डि ओलिभेराले गरेका हुन्।
यसैगरी लियोनले खेलको ५२ तथा ५९ औं मिनेटमा गोल गरेको थियो। उसका लागि ती गो क्रमशः टेरियर तथा डेम्बेलेले गरेका थिए।
जितपछि पिएसजीको जारी लिगमा २४ खेलबाट ६१ अंक रहेको छ भने मार्सेलीको समान खेलबाट ४९ अंक रहेको छ।