म्यानचेस्टर सिटीमाथि आगामी दुई सिजन युरोपियन क्लब प्रतिस्पर्धामा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले म्यानचेस्टर सिटीले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियमको गम्भीर उल्लंघन गरेको भेटिएकाले प्रतिबन्ध लगाएको जनाएको छ।
सिटीमाथिको यो प्रतिबन्ध उसको महिला टोलीमाथि भने लागु हुने छैन।
प्रतिबन्धसँगै उसलाई ३० मिलियन युरो जरिमानासमेत तोकिएको छ।
निर्णयपछि म्यनाचेस्टर सिटीले आफूहरू निराश भएपनि अचम्ममा भने नपरेको प्रतिक्रिया दिएको छ। यस कारवाहीले उसको जारी इङलिश प्रिमियर लिगमा जोडेको अंकमा समेत कटौती हुने सम्भावना छ।
सिटीले यसकाविरूद्ध अपिल गर्ने जनाएको छ।
युइएफपिएले सिटीले सन् २०१२ देखि २०१६ सम्म प्रायोजनबाट क्लबले पाएको आम्दनीको सही जानकारी नदिएको र अनुसन्धानमासमेत असहयोग गरेको बताएको छ।
प्रतिबन्धपछि म्यानचेस्टर सिटीले दुई सिजनसम्म च्याम्पियन्स लिग र युरोपा कप फुटबल खेल्न पाउने छैन।