इङ्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ।
सोमबार भएको खेलमा युनाइटेडले चेल्सीलाई २-० ले पराजित गरेको हो।
जितसँगै म्यानचेस्टर युनाइटेडले आउँदो सिजनको च्याम्पियन्स लिग यात्राको सम्भावनालाई कायमे राखेको छ।
खेलमा पहिलो गोल म्यानचेस्टरले पहिलो हाफको ४५ औं मिनेटमा एन्थोनी मार्सलको गोलमा लिएको थियो।
त्यसपछि उसले दोश्रो गोल खेलको ६६ औं मिनेटमा गर्यो। सो गोल ह्यारी मागुइरीले गरेका हुन्।
जितपछि म्यानचेस्टर युनाइटेडको २६ खेलबाट ३८ अंक भएको छ भने चेल्सीको ४१ अंक छ। उनीहरु क्रमशः लिगको सातौं र चौथो स्तानमा रहेका छन्।