युरोपियन क्लब फुटबल प्रतियोगितामा युईएफपिएबाट दुई वर्ष प्रतिबन्धको सजाय पाएयता म्यानचेस्टर सिटीले पहिलो जित दर्ता गरेको छ।
इङ्लिश प्रिमियर लिग अन्तरगत भएको खेलमा उसले वेस्ट हम युनाइटेडलाई २-० ले पराजित गरेको हो।
सिटीको जितमा रोड्री र डि ब्रुयानेले गोल गरेका थिए।
उनीहरूले क्रमशः खेलको ३० तथा ६२ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।
जितपछि लिगको दोश्रो स्थानमा रहेको सिटीको २५ खेलबाट ५१ अंक भएको छ।