च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लान्टासँग भ्यालेन्सिया पराजित भएको छ।
लिग अन्तरगत बुधबार भएको खेलमा एट्लान्टाले भ्यालेन्सियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
एट्लान्टाको जितमा हान्स हाटबोलले दुई गोल गरे भने योसिप इलिसिस र रिमो फ्रुलरले एकएक गोल गरे।
एट्लान्टाको ४-१ जितमा हाटबोलले खेलको १६ तथा ६२ औं मिनेटमा गोल गरेका थिए भने इलिसिस र फ्रुलरले क्रमशः ४२र ५७ औं मिनेटमा गोल गरेका हुन्।
यस्तै भ्यालेन्सियाका लागि एकमात्र गोल खेलको ६६ औं मिनेटमा डेनिस चेरिशेभले गरेका हुन्।
दुबै टोलीबीच दोश्रो लेग मार्च १० मा हुनेछ।
यसैगरी लिग अन्तरगत नै बुधबार राति भएको अर्को खेलमा इङ्लिश क्लब टोटनह्यामलाई जर्मन क्लब आरबी लेइप्जिगले १–० ले पराजित गरेको छ।
५८ औँ मिनेटमा पेनाल्टीमार्फत आरबीका टिमो वेर्नरले गोल गरेपछि टोटनह्याम पराजित भएको हो।