राजधानीमा जारी गोर्खा कप फुलबल अन्तर्गत आजको पहिलो खेलमा मोफसलको मुनाल क्लबले ए डिभिजनको सरस्वती क्लबलाई बराबरीमा रोकेको छ ।
मंगलबार दशरथ रंगशालामा भएको पहिलो खेलमा खेलको ७३औ मिनेटस्म २-० गोलअन्तरले अग्रता लिएको सरस्वतीलाई २ मिनेटको अन्तरमा २ गोल गर्दै झापाली क्लब मुनालले ७३ र ७४ मिनेटमा लगातार गोल गर्दा सरस्वतीबाट महत्वपूर्ण १ अंक खोसेको छ ।
मुनालका लागि विवेक लिङ्देन र विकास सुब्बाले गोल गरेका थिए । यसअघि सरस्वतीका कृष्णगोपाल श्रेष्ठ र टंकु लामाले सरस्वतीको लागि गोल गरेका थिए । यसअघि दुबै टोलीले पहिलो खेलमा हार वेहोरेका थिए ।