सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै अवैध रुपले चिनको स्वशासित क्षेत्र तिब्बतको खासा लैजाँदै गरेको १३ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्।
तातोपानी भन्सार गेटमा नियमित सुरक्षा चेक जाँचको क्रममा बिहीबार बिहान तातोपानी–३ कोदारी बस्ने श्याम श्रेष्ठ पक्राउ परेका हुन्।
बिहान १० बजेतिर भारुसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको झोलामा खानतालासी गर्दा सो परिणाममा ५ सय र हजार दरका १३ लाख भारुका बण्डल भेटिएको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ।