राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा व्वाइज युनियन र फ्रेन्डस विजयी भएका छन् । दशरथ रंगशालामा भएको समूह डीको पहिलो खेलमा ब्वाईज युनियन क्लवले जावलाखेल युथ क्लवलाई ३–२ ले हरायो ।
व्वाइज युनियनको जितमा आशिक थापामगर, असिमजंग कार्की र कमल श्रेष्ठले गोल गरेका थिए । यस्तै जावलाखेलको लागि उमेश थापा र प्रदीप महर्जनले एक-एक गोल गरेका थिए ।
यस्तै आजै भएको दोस्रो खेलमा हिमालयन शेर्पालाई २-० गोल अन्तरले हराउँदै फ्रेन्डस् क्लब विजयी भएको छ । फ्रेन्डसको लागि रितेश मल्ल र विष्णु केसीले एक-एक गोल गरेका थिए ।
आजको खेलसँगै समूह डीका चारै टिमको समान ३-३ अंक भएकोले सबै टिमको दोस्रो चरण पुग्ने सम्भावना बराबर रहेको छ ।
तस्विर सौजन्य: गोल नेपाल डटकम