नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले सरकारको खुट्टा चिप्लिएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले खानालको आफ्नै निवास डल्लुमा गरेको साक्षात्कारमा उनले निर्वाचनका लागि गठन भएको सरकार त्यस लक्ष्यबाट विचलित हुन नहुने भन्दै सरकारको खुट्टा आफ्नो उद्देश्यबाट चिप्लिँदै गएको बताएका छन्।
साथै खनालले त्यसलाई ठीक ठाँउमा ल्याउन उच्चस्तरीय राजनीतिक समितिले मन्त्रिपरिषद् अध्यक्षसँग छलफल गर्ने बताएका छन्।
मुलुकलाई वर्तमान सङ्कट र चुनौतीबाट निकास दिन संविधानसभाको निर्वाचन एक मात्रै विकल्प भएकाले सबै दललाई निर्वाचनमा भाग लिन आह्वान गरेका थिए।
निर्वाचनका लागि सबै दलका बीच पूर्ण राजनीतिक सहमति नभएमा सहमति हुने दलहरूलाई सहभागी गराएर भए पनि निर्वाचन हुनुपर्ने उहाँको जोड छ।
नेकपा–माओवादी र मधेसी जनाधिकार फोरमसँग आफूले गरेको वार्ता सकारात्मक भएको भन्दै सरकारसँगको छलफलपछि चाँडै निर्वाचनको मिति घोषणा हुने बताउँदै खनालले निर्वाचनमा एक प्रतिशत मत सीमा (थ्रेसहोल्ड) राख्नैपर्नेमा पनि जोड दिएका थिए।