क्षेत्र नम्बर १ विराटनगर राजधानीमा जारी अन्डर नाइन्टिन राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा आइतबार भएको पहिलो सेमीफाइनलमा क्षेत्र नम्बर ७ जनकपुरलाई ५३ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
खेलमा पहिले व्याटिङ गरेको विराटनगरले निर्धारीत २५ ओभरको खेलमा काजोल श्रेष्ठको अर्धसतकको सहयोगमा २ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।
जवाफमा १ सय ३८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको जनकपुरले २१ ओभर १ बल खेलेर ८४ रनमा अलआउट भएको थियो । दोस्रो सेमिफाइनलमा अहिले क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर ५ नेपालगञ्ज भिडिरहेका छन् ।